समाचार

अमित साहको अभिव्यक्तिप्रति नेपाल सरकारको आपत्ति

pranav dev

५ फागुन, काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विप्लव देको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ । देवले भाजपाका नेता एवम् गृहमन्त्री साहले पार्टी बैठकमा नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा नेपाल भुटान डेक्स हेर्ने अधिकारीसँग भेटेर यस विषयमा नेपाल सरकारका तर्फबाट आपत्ति जनाएका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपालले भाजपाका नेताको अभिव्यक्तिप्ति आपत्ति प्रकट गरिसकेको पुष्टि गरेका छन् ।

उनलाई मेन्सन गरिएको ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै ज्ञवालीले औपचारिक रुपमै भारतीय पक्षलाई नेपालको असहमति सन्देश पठाइसकेको बताएका छन् । उक्त विषयमा राजदूत आचार्यले भारतीय बाह्य मामिला मन्त्रालयका सहसचिव अरिन्दम बाक्चीमार्फत ध्यानाकर्षण गराएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस