समाचार

सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको मन्त्रीको दाबी

heridyas tripathi

५ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक खरिद ऐनको प्रावधानले खोप खरिदका क्रममा बाधा अड्काउ देखिएपछि त्यो फुकाउने कार्य मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । मन्त्री त्रिपाठीका अनुसार अग्रिम भुक्तानी दिन सक्ने गरी बाधा अड्काउ फुकाऊको निर्णय गरिएको हो ।

‘प्रतिडोज चार डलरका दरमा २० लाख  डोज (मात्रा) खोप खरिद गरेर ल्याउने प्रक्रिया अघि बढेको छ’, मन्त्री त्रिपाठीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘यो सहुलियत दर हो । यो दरमा संसारमा कहीं पनि खरिद गर्न पाइँदैन । भारत सरकारले पनि सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेडलाई पहल गरेपछि सस्तो दरमा खोप उपलब्ध भएको हो ।

यही सहुलियत दरमा अलि धेरै परिमाण खोप खरिद गर्न चाहे पनि अहिले यति मात्र खरिद गर्ने सहमति भएको मन्त्री त्रिपाठीले सुनाए । उनका अनुसार कम्पनीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म खोप ल्याइदिने सहमति भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस