खेलकुद समाचार

बार्सिलोनामाथि पीएसजीको शानदार जित

barsa

५ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई ४–१ ले हराएको छ । गएराति बार्सिलोनाको मैदानमा भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे ।

बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ । राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा इंग्ल्याण्डको लिभरपुलले जर्मनीको आरबी लेप्जीगलाई २–० ले हराएको छ ।

जर्मनीमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *