
५ फागुन, काठमाडौं । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो ।
उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो । मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।
Sidhi bus accident: Death toll rises to 50, says DM Sidhi, Ravindra Kumar Choudhary.
A bus fell into a canal in Sidhi, Madhya Pradesh yesterday after the driver lost control over it.
— ANI (@ANI) February 17, 2021
प्रतिक्रिया दिनुहोस