
५ फागुन, काठमाडौं । विगत ११ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस ईकलेज २०२१’ को दशौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि ‘मिस ईकलेज २०२१’ को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।
कलेज स्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन कार्यक्रमले सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।
प्रतियोगितामा सहभागीका लागि फागुन अन्तिम सातासम्म आवेदन फारम भर्नुपर्ने प्रवाधाम आयोजकको रहेको छ । प्रतियोगिताको विजेताले ‘मिस ईकलेज २०२१’कोे ताजसहित ल्यापटप मोवाइल फोन लगायत बिभिन्न उपहार प्राप्त गर्नेछन् ।