
५ फागुन, काठमाडौं । नेपाली रंगमञ्चमा संगीत र फिल्मलाई लिएर हरेक वर्ष दर्जनौं अवार्ड समारोहहरु आयोजना हुने गरेका छन् । कतिपय अवार्डहरु विवादमा तानिएका छन् भने कतिपय अवार्डहरु आफ्नै ब्राण्डका कारण आयोजना भईरहेका छन् ।
तुलसी मिडियाले भने नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको छ । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी चैत १४ गते शनिवार अवार्डको भव्य समारोह राजधानीमा गरिने गरि तयारी शुरु भएको बताएका छन् । अवार्डमा लोक, पप, आधुनिक र फिल्म गरेर ३९ विधा समावेश गरिएको छ ।
लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, मोडल समावेश छन् । फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नव गायक, नव गायिका, नव मोडल रहेको छ ।
प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश अवार्डमा पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, मोडल रहेका छन् । समारोहमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिनेछ ।
अवार्डका लागि आवेदन फागुन ३ गतेदेखि फागुन २१ सम्म खुल्ला गरिएको छ । सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । आवदेनका लागि निःशुल्क फर्मको व्यवस्था गरिएको छ । नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।