समाचार

भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जना पक्राउ

7 arrest

५ फागुन, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुंगा लिखु गाउँपालिका–९ का २२ वर्षीय कुल बहादुर तामाङ, र २४ वर्षीय गोविन्द गौतम, ओखलढुंगा खिजी देम्बा गाउँपालिका–२ बस्ने २८ वर्षीय पञ्चमान तामाङ छन् ।

त्यस्तै दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने २७ वर्षीय अभिषेक योञ्जन, दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने १९ वर्षीय सुमन नेपाली, शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायक बस्ने २३ वर्षीय फुर्वा तामाङ र २१ वर्षीय राजु तामाङ छन् ।

प्रहरीका अनुसार कुलबहादुर, गोविन्द र पञ्चमानको समूहले गत पुस ६ गते राति सूर्यविनायक–८ सिपाडोलका किसन थापाको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बर को पल्सर मोटरसाइकल र गत माघ ११ गते भक्तपुर बाराहीस्थान डेरा गरी बस्ने पेम्बा तामाङको प्रदेश २–०२० प ८८२७ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

त्यसैगरी अभिषेक र सुमनलाई हरी गोविन्द शिल्पकारको नाममा रहेको बा. ९८ प. ८९६४ नम्बरको मोटरसाइकल चोरी गरी लाँदैंगरेको अवस्थामा मंगलवार राति भक्तपुर नगरपालिका–७ आदर्शचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै मध्यपुरठिमी–५ स्थित अरनिको राजमार्गबाट कुमार श्रेष्ठको नाममा रहेको प्रदेश ३–०२–०१७ प. ७०४८ नम्बरको मोटरसाइकल चोरी गरी लाँदैगरेको अवस्थामा मंगलवार साँझ फुर्वा र राजुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ परेका सातै जनालाई कानुन बमोजिम कारबाही भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *