मुख्य समाचार

विवादास्पद अभिव्यक्तिबारे स्पष्ट पार्न भारतीय गृहमन्त्रीसँग प्रचण्ड–नेपाल समूहको माग

prachanda madhav nepal

५ फागुन, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालको सम्बन्धमा दिएको अभिव्यक्तिप्रति नेकपाको प्रचण्ड–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा भारतीय जनता पार्टीका अध्यक्ष एवम् भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल लगायतका देशहरुमा पनि भाजपा पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको भनि विप्वल देवले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै विरोध गरिएको छ ।

संवेदनशील विषयमा विप्लवदेवले दिएको अभिव्यक्तिले छिमेकी राष्ट्रहरुबीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहले स्थिति स्पष्ट पार्ने अपेक्षा प्रचण्ड–नेपाल समूहले गरेको छ ।

prachanda nepal notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *