
५ फागुन, काठमाडौं । प्रभु बैंकले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
एक कार्यक्रममा प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उधम व्यवसायलाई पुन: सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास लिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस