समाचार

कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले माग्यो आवेदन

Health Ministry

५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गरी समायोजन हुन चाहने कर्मचारीलाई आवश्यक कागजातपत्र पूरा गरी तोकिएको ढाँचामा अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न आग्रह गरेको हो ।

इच्छुक कर्मचारीले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजन र मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने जारी सूचनामा उल्लेख गरेको छ ।

notice 1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *