विश्व/प्रवास

बेलायतकी महारानीका पति फिलिप अस्वस्थ, अस्पतालमा भर्ना

philip

५ फागुन, काठमाडौं । बेलायतकी महारानी एलिजावेथका पति अस्वस्थ्य भइ अस्पतालमा भर्ना भएका छन् । महारानीका पति अर्थात् ‘ड्युक अफ एडिनबरा’ प्रिन्स फिलिपलाई मंगलबार साँझ अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

बकिङ्घम प्यालेसका अनुसार ९९ वर्षीय प्रिन्स फिलिपले असहज महसुस गरेका थिए । उनलाई लन्डनस्थित किङ्ग एडवर्ड अस्पतालमा भर्ना गरिएको जनाइएको छ । राजदरवारका तर्फबाट जारी बयानमा जनाइएअनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकको सल्लाहअनुसार प्रिन्स फिलिपलाई तत्काल अस्पताल भर्ना गरिएको हो ।

उनी केही दिनसम्म चिकित्सककै निगरानीमा अस्पतालमा रहन सक्ने जनाइएको छ । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *