विश्व/प्रवास

नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

park india

५ फागुन, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो ।

२४ वर्षीय थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको उक्त समाचार एजेन्सीले जनाएको छ । दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन ।

चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा दिपेशको शव फेला परेको जनाइएको छ । दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे ।

मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले दिपेशको शवलाई पोस्टमार्टमका लागि पठाएको जनाइएको छ । हिन्दीन्युज

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *