समाचार

वडाको सेवा लिन भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता

susta

६ फागुन, काठमाडौं । नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।

भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा लिनका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको हो । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीकोसीमामा रहेको सुस्ता गाउँपालिकावासी पुल नहुँदा भारतको विहार हुँदै आफ्नो प्रशासनिक केन्द्रमा जानुपर्ने बाध्यता रहेको सुस्ता बचाऊ अभियानका संयोजक गोपाल गुरुङले  बताए ।

सुस्ता गाउँ एकातर्फ भारतीय सीमाले घेरेको र अर्कोतर्फ नारायणी नदीले घेरेको छ । नेपालतर्फ नारायणी नदीमा पुल बनाउन सुरु गरिएको चार वर्षसम्म समेत काम नभएपछि थप समस्या झेल्नुपरेको गुरुङको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस