
६ फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दो क्रममा रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस