बैँक / वित्त

१ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा बिक्री गर्दै ग्लोबल आइएमई बैंक

Global-IME-Bank

६ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्री गर्न लागेको बैंकले जनाएको छ । यी कित्ताको क्षेत्रफल क्रमशः २५४.५०,  २५४.५०,  ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरी कुल १५२७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो ।

त्यस्तै बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्री गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ वर्गमिटर गरी कुल १२ सय २९ दशमलव ७० वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी, ६ आना, २ पैसा, ३ दाम हो ।

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थित कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस