६ फागुन, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल केसी दोहोरिएका छन् । बैंकको सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गरेको गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल फागुन महिनाभरि मात्र रहेकाले चैत १ देखि नै उनको पुनः नियुक्ति लागु हुनेछ । ३१ वर्ष लामो बैंकिङ अनुभव भएका केसीलाई बैकिङ क्षेत्रमा कुशल नेतृत्व क्षमता भएको व्यक्तिको रुपमा चिनिन्छ ।
केसीकै कार्यकालमा एनएमबी बैंकलाई तीन पटकसम्म द लण्डन टाइम्सले बेस्ट कर्मसियल बैंक अफ दि इयर नेपालको अवार्ड समेत प्रदान गरेको थियो । केसीले तत्कालिन ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड बैंक) बाट बैकिङ करियर शुरु गरेका हुन् ।
एनएमबि बैंकमा भने उनी सन २००८ मा नायब महाप्रबन्धकको रुपमा इन्ट्री गरेका थिए ।
प्रतिक्रिया दिनुहोस