मुख्य समाचार

चौथो चरणको आन्दोलनमा प्रचण्ड नेपाल समूहः आज टुँडिखेललाई मानव साङ्लोले घेरिँदै

prachanda nara

६ फागुन, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंको टुँडिखेल मानव साङ्लोले घेर्ने भएको छ । प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोन जारी राखेको नेकपा प्रचण्ड–माधव पक्षले आज बिहीबार काठमाडौंमा मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागेको हो ।

केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेर्न लागिएको प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिए । घेराउ कार्यक्रममा उपत्यकाका तीन जिल्ला कमिटी र जनवर्गीय संगठनहरु सहभागी हुने उनले बताए ।

जसअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी आर्क विभाजन गरिएको उनले जानकारी दिए । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले फागुन २ गते चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस