
६ फागुन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङका दुईवटा उपमहानगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने गृहकार्य सुरु भइसकेको बताएका छन् । घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले घोराही र तुलसीपुर उपमहानगरलाई गाभेर महानगरपालिका बनाउने गरि सबै तयारी सुरु गरिएको बताएका हुन् ।
महानगर बनाउने क्रममा घोराहीका मेयर नरुलाल चौधरी र तुलसीपुरका मेयर घनश्याम पाण्डेले सकारात्मक प्रतिकृया दिँदै मुख्यमन्त्रीले ल्याएको योजनालाई सघाउने तयारी गरेका छन् । मुख्यमन्त्री पोखरेल पनि महानगरपालिका बनाउने सवालमा उत्साहित भएर लागेका छन् ।
प्रतिक्रिया दिनुहोस