
६ फागुन, काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैन्डले काठमाडौंमा भाइकिङ २२२ मोडल बसका ग्राहकहरुलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेशनल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।
च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्वपूर्ण प्रगती भएको उल्लेख गरे । नेपालमा भाइकिङ २२२ को बजारलाई अझै बिकास गर्दै आक्रामक बनाउन सहयोग गरेकोमा पसारस्वतले धन्यवाद दिएका छन् ।
भाइकिङ २२२ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाइन फ्यूल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुने र सबैभन्दा कम मर्मत खर्च लाग्ने बस भएको कम्पनीको दावी छ । भाइकिङ २२२ मा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एच.पी. इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ ।