
६ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनवरुद्ध प्रदर्शन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज टुँडिखेल वरिपरि ‘मानव साङ्लो’ बनाएर प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मानव साङ्लो बनाएर विरोध गरेको हो । मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौ रोक्छौ,बढ्दो महंगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।
प्रतिक्रिया दिनुहोस