
६ फागुन, पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार उद्घाटन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’
जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने उनले दोहोर्याए । जुलुस हेरेर फैसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने उनले बताए । ‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने आउँदैन ।’