
६ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बाल सारथीले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको जनाउँदै आएको छ ।
बाल सारथीको कार्यालयमा सम्पन्न कार्यव्रmममा बैङ्कको बजार व्यवस्थापन विभागकी प्रमुख दिपाञ्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई ५ लाखको चेक हस्तान्तरण गरिन् ।
उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस