६ फागुन, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आइपीएल) को १४औं संस्करणको मिनी अक्सनमा कुनै पनि टोलीले ‘बोली’ लगाएनन् ।
चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत तीन सिजनको सम्झौतामा टिममा भित्र्याएको थियो ।
उनलाई दिल्लीले यो सिजन रिलिज गरेको हो । आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस