मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रको चिन्ता: देश जटिलतामा फस्दैछ

gyanandra

६ फागुन, काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ७१औं प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

उनले शुभकामना सन्देशमा प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेष नेताहरुको शासन प्रणालीमात्रै नभएको बताएका छन् ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने हामी सबैको आकांक्षा हो । प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन ।

ex king notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस