विश्व/प्रवास

इरानमा भूकम्प, ४० भन्दा बढी घाइते

earthquake

६ फागुन, काठमाडौं । इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।

भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।

भूकम्पले पुर्याएको सबै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *