मुख्य समाचार

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन : प्रधानमन्त्री ओली

kp sharma oli

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकतन्त्रको बाटो कुनै हालतमा नबिराउने बताएका छन् ।

शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान पनि नमिच्ने बताएका हुन् ।

‘सरकार लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिचिँदैन । जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन’, प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् । कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले भने, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस