सेयर मार्केट

ग्रीन लाइफको आइपिओ बाँडफाँट, कसले कति पाए ?

ipo

७ फागुन, काठमाडौं । माग भन्दा धेरै आवेदन परेको  ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १ सय ६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ ।

१३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको  बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय  कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस