७ फागुन, काठमाडौं । अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त गरेको हो । उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका थिए ।
यसअघि उनी मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख थिए । आन्तरिक राजश्व विभागलाई महत्वपूर्ण विभाग मानिछ । माघ १ गतेबाट तत्कालिन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभागको यो पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस