७ फागुन, काठमाडौं । योगगुरु रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधी सार्वजनिक गरेका छन् । पतञ्जलीले नयाँ औषधी प्रमाणमा आधारित भएको दाबी गरेको छ । नयाँ औषधी सार्वजनिक गर्नेबेला भारतका केन्द्रीय स्वास्थ्यमन्धी डा. हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थिती रह्यो । नयाँ औषधीको नाम कोरोनिल नै हो । पतञ्जलीका अनुसार कोरोनिल चक्कीले अब कोभिडको उपचार सम्भव छ ।
आयुष मन्त्रालयले कोरोनिल चक्कीलाई कोरोनाको औषधीको रुपमा स्विकार गरिसकेको छ । पतञ्जलीकमा अनुसार नयाँ कोरोनिल औषधी CoPP-WHO GMP सर्टिफाइड छ । औषधी सार्वजनिक गर्दै गर्दा बाबा रामदेवले योग आयुर्वेदलाई अनुसन्धानमा आधारित उपचारको रुपमा चिकित्सा पद्धतिको रुपमा अपनाइएको बताए ।
कोरोनाको औषधी सार्वजनिक गरेपछि एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा रामदेवले भने, ‘मैले रोगलाई नियन्त्रण होइन समाप्त नै गर्न सकिन्छ भन्दा ममाथि पछिल्लो तीन दशकदेखि कति प्रश्न उठिरहेका छन् ? अब सबै सर्टिफिकेशनसहित हामीसँग २५० भन्दा बढी रिसर्च पेपर छन् । कोरोनामाथि मात्रै २५ रिसर्च पेपर छन् । अब कसैले पनि प्रश्न उठाउन सक्दैनन् । ’
#Patanjalis_EvidenceBased_Medicine4Corona #PatanjaliCoronil https://t.co/NNzY6vTkoM
— Patanjali Ayurved (@PypAyurved) February 19, 2021