७ फागुन, काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा दर बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै वायुसेवा सञ्चालक संघले पनि भाडा बढाउने निर्णय गरेका हुन् ।
संघले शुक्रबार नै एक सूचना जारी गर्दै भोली ८ गतेदेखि लागू हुने गरि नयाँ भाडा लागू हुने जनाएका छन् । निगमले गत फागुन ४ गते पेट्रोल,डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत मूल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस