विश्व/प्रवास

चीनको चुनौती चिर्न आग्रह गर्दै बाइडेनले भने, ‘अमेरिका इज ब्याक’

joe biden

८ फागुन, काठमाडौं । म्युनिख सेक्युरेटी कन्फ्रेन्सका क्रममा ग्रुप अफ सेभेन (जी७) देशका नेताहरुलाई भर्चुअल्ली सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पेरिस जलवायु सम्झौतासहितका बहुपक्षीय साझेदारीका लागि अमेरिका फेरि प्रतिवद्ध रहेको जनाएका छन् ।

‘अमेरिका इज ब्याक,’ सम्बोधनमा बाइडेनले भने । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिले अमेरिकालाई एक्ल्याएको देखिन्थ्यो । उनको कार्यकालमा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता र गठबन्धनबाट अमेरिकाले हात झिकेको थियो ।

चीन, रुस र ईरानले दिइरहेको चुनौतीविरुद्ध अमेरिकी गठबन्धनका देशहरु कडा रुपमा उभिनैपर्ने पनि बाइडेनले बताए । रुसले ट्रान्सएटलान्टिक पार्टनरसिपलाई कमजोर बनाउने मौका खोजिरहेको र अमेरिकी गठबन्धनका देशहरुलाई काउन्टर दिन संयुक्त मोर्चा खोलेको उनले दाबी गरे । त्यस्तै, उनले चीनको आर्थिक अभ्यास आक्रामक र अपमानजनक रहेको दाबी गरे ।

विश्वव्यापी कोरोना भाइरस खोप अभियानका लागि ४ बिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा पनि उनले गरेका छन् । त्यस्तै, पेरिस जलवायु सम्झौतामा फेरि फर्कने पनि उनले घोषणा गरे । राष्ट्रपति बनेपछि जी ७ देशका नेताहरुसँग शुक्रबार पहिलोपटक संयुक्त भिडियो कन्फ्रेन्समा बाइडेन देखिएका हुन् ।

बेलायत, फ्रान्स, जर्मनी, इटली, क्यानेडा र जापान समावेश जी ७ अमेरिकाका सहयोगी देशहरुको संगठन हो । यसै वर्ष गृष्मयाममा बेलायतमा हुने सम्मेलनताका बाइडेनले जी ७ नेताहरुसँग प्रत्यक्ष भेटघाट गर्ने योजना बनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस