८ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् । बिहान साढे २ बजे घरायसी विवादमा २८ बर्षिय हिमालले २२ बर्षिया सुनिताको हत्या गरेका हुन् ।
पत्नीको हत्या गरेर भागेका हिमाललाई प्रहरीले पक्राउ गरेको छ । हत्याको सूचना पाएको सवा २ घण्टामा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
कालिञ्चोक–६ खारेबेसी घर भएका हिमाललाई सोही गाउँपालिकाको वडा नम्बर–७ मा पर्ने इसाईगोलाबाट प्रहरीले पक्राउ गरेको हो । हिमालले खुकुरी प्रहार गरेर सुनिताको विभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनिताको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दोलखा पठाईएको छ । हत्याबारे अनुसन्धान शुरु गरिएको डिएसपी रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस