
८ फागुन, काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले प्रतिनिधि सभा पुनस्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूलाई साह्रै विश्वास रहेको समेत बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री ओलीले भन्नुभएको छ कि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीको हो र लोकतन्त्रका लागि जनतामा जानका लागि संसद विघटन गरेको हुँ र आफ्नो पक्षमा फैसला हुन्छ भनि प्रधानमन्त्री ओली १०० मा २०० प्रतिशत विश्वस्त रहनु भएको छ ।’
नेता नेम्वाङले अहिले देश निर्वाचनमय भएको बताउदै सर्वोच्च अदालतले फैसला गरेको अर्को दिन सबैले भोट माग्न थाल्ने बताए । निर्वाचनको माहोल शुरु भएको बताउदै निर्वाचनमा जाने प्रधानमन्त्रीको कदम ठिक भएको दाबी गरे । आफ्नै साथीहरु अहिले शकाहारी र मांसहारी आन्दोलनको कुरा उठ्यो आफुले नबुझेको बताउदै नेम्वाङले सरकारको विरोध गर्दै जनताको विचमा गएको बताए ।
प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न दिइएन, काम गर्न अवरोध गरियो, त्यसैले जनतामा जानु भन्दा अर्को विकल्प के छ ? भनेको भन्दै नेम्वाङले प्रधानमन्त्रीको कदम ठिक रहेको बताए । नेता नेम्वाङले ओलीले प्रतिगमन गर्यो भन्दै गलत टिप्पणी गरिएको भन्दै ओलीको कदम प्रतिगमनको नजिक पनि नभएको टिप्पणी गरे ।