मुख्य समाचार

मन्त्रीहरुले ओलीको साथ छाड्न लागेको भ्रम प्रचण्ड–नेपाल समूहको फैलायोः गृहमन्त्री बादल

badal

८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गोयबल्सको शैली अपनाउँदै भ्रम फैलाउने काम प्रचण्ड–माधव समूहले गरेको भन्दै उनीहरुको योजना कहिल्यै सफल हुन नसक्ने बताएका छन् । केही भ्रम सिर्जना गरेपनि त्यस्ता भ्रम जनताले चिर्ने उनको भनाइ छ ।

शनिवार विराटनगरमा आयोजित नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै बादलले केही पूर्वमाओवादी धारका मन्त्रीहरु फेरि प्रचण्ड–नेपाल समूहतिर फर्किन लागेको भन्ने भ्रमण फैलाउन खोजेको भन्दै त्यसको खण्डन गरे ।

‘केही नलागेपछि मन्त्रीहरु फर्केर प्रचण्ड–नेपालको समूहतिर फर्किदैछन् भन्ने भ्रम फाले । उनीहरुले किन यसो गर्दैछन् ? देशव्यापीरुपमा किन भ्रम फैलाउँदैछन् । यो उनीहरुको आतंक अभिव्यक्ति हो’, बादलले भने, ‘उनीहरुले गोयबल्स शैलीको सहारा लिँदैछन् । ती अवसरवादीहरु गोयबल्स बनेका छन् । उनीहरुले जनतालाई भ्रम दिँदैछन् । पार्टीले लिएको कदम प्रतिगामी हो भन्ने भ्रम फैलाइरहेका छन् ।’

सरकारलाई अपदस्त गर्न प्रचण्ड–नेपाल समूह जस्केलाबाट लागिपरेको भन्दै उनीहरुअग्रगामी हो कि ओली प्रतिगामी ? भन्दै बादलले प्रश्न गरे । उनले प्रचण्ड–नेपाल समूहलाई गुटवादी र फुटवादीको संज्ञा दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस