मुख्य समाचार

ओलीले प्रचण्डलाई भने– अझै पनि फर्किएर आउनुस् !

kp oli biratnagar

८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई अझै पनि फर्किएर पार्टीमा आउन आग्रह गरेका छन् ।

ओली समूहले शनिबार(आज) विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एकताको आह्वान गरेका हुन् ।

तर, ओलीले प्रचण्ड फर्किने सम्भावना नरहेको बताए । समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न नसक्ने ओलीले बताए । आर्थिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको ओलीको दाबी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस