विश्व/प्रवास

म्यानमारमा सेनाविरुद्ध सडकमा उत्रदाँ जन्मदिनको २ दिनअघि टाउकोमा गोली लागेर महिलाको मृत्यु

myanmar sainik ku

८ फागुन, काठमाडौं । म्यान्मारमा झन्डै एक साताअघि गोली लागेर घाइते भएकी एक आन्दोलनकारीको शुक्रबार निधन भएको छ । म्या थवी थवी खाइङ नामकी यी युवतीलाई गत साता २० औं जन्मदिन प्रवेश गर्नुभन्दा दुई दिनअघि टाउकोमा गोली लागेको थियो । त्यसयता उनी गम्भिर अवस्थामा थिइन् ।

म्यान्मारमा अङ सान सुकीलाई नजरबन्द गर्दै उनको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले राज्यसत्ता हातमा लिएपछि अस्थिरता निम्तिएको छ । त्यसयता देशमा निरन्तर आन्दोलन चलिरहेको छ । ९ फेबु्रअरीमा भएको आन्दोलनका क्रममा खाइङलाई गोली लागेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई तितर–बितर पार्ने क्रममा पहिले पानीको फोहोरा, त्यसपछि रबर बुलेट र अन्त्यमा गोली नै चलाएको थियो ।

खाइङलाई गोली लागेपछि प्रदर्शनकारीहरु स्तब्ध र आक्रोशित बनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको मृत्युसँगै सैन्य अधिकारीहरुप्रति जनताको आक्रोश अझै बढेको छ । ‘म यस प्रणालीबाट हामी मुक्त नभएसम्म आन्दोलन गर्नका लागि सबै नागरिकहरुलाई अपिल गर्दछु,’ खाइङकी दिदी म्याथ था टोइ नुईले पत्रकारहरुसँग भनेकी छिन्,‘मैले भन्न चाहेको यत्ति हो ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस