८ फागुन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारलाई लक्षित गर्दै भएका तीनवटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी र एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।
साथै, यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो ।
दोस्रो विस्फोट १५ मिनेटपछि भएको थियो भने तेस्रो विस्फोट शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले बताएका छन् । यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस