८ फागुन, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शनिबार (आज) दिउँसो बालुवा खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पूर्वखोलास्थित सोही वडामा बालीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया माया देवी सिंह छन् ।
पवित्राको घटनास्थलमा र मायाको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । उक्त घटनावारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस