बागमती प्रदेश

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको प्रथम भेला सम्पन्न

pean chitwan

८ फागुन, चितवन । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको प्रथम भेला शनिबार सम्पन्न भएको छ ।

भेलाको उद्घाटन भरतपुर महानगर प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य रेनु दाहालबाट भएको हो । भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको अध्यक्ष सूर्य प्रकाश लामालाई चयन गरेको छ ।

यस्तै सचिवमा सन्तोष आचार्यलाई चयन गरेको छ । एशोसिएसनका केन्द्रीय संयोजक  नन्दलाल बन्जाडेको विशिष्ट आतिथ्यमा भएको भेलाले १०१ सदस्यीयजिल्ला कमिटी पनि चयन गरेको छ ।

यो नेकपा (प्रचण्ड माधव समूह) का इन्जिनियरहरुको प्रथम जिल्ला भेला एकतापछि नेपालमै पहिलो पटक भएको हो । बाँकी पधाधिकारी र जिम्मेवारीहरु भने नवनिर्वाचित कमिटीको पहिलो बैठकमार्फत छिटै टुंगाउने बताइएको छ ।

भेलाले १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ । सल्लाहकारहरुमा बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती,राजेश कोइराला, रत्न लामिछाने, वीरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र बलिभद्र न्यौपानेलाई पनि चयन गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *