लुम्बिनी प्रदेश

दाङमा ४ वटा बेवारिसे मोटरसाइकल फेला

bike

८ फागुन, दाङ । दाङमा प्रहरीले बेवारिसे अवस्थाका चारवटा मोटरसाइकल फेला पारेको छ ।

विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कागजपत्र नभएका ती मोटरसाइकल फेला परेको र कागजपत्रसहित ती मोटरसाइकल लिन सम्बन्धित सवारी धनी नआएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

उनले नियमित गस्तीका क्रममा प्रहरीले लु५१प ४५८८, अन टेष्ट १५० सीसीको पल्सर, लु१८प नम्बरको ९५०४ पल्सर र रा३प ९८५२ नम्बरको मोटरसाइकल फेला पारेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्तासमेत रहेका रिजालले हालसम्म सवारी धनी सम्पर्कमा नआएको जानकारी दिए ।

ती मोटरसाइकल धनीले आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न आए सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *