फुटबल

ला लिगा : एट्लेटिको मड्रिड स्तब्ध, रियल मड्रिडको कठिन जित

suarez atletio

९ फागुन, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित हुँदा दोस्रो स्थानमा रहेको रियल मड्रिडले कठिन जित हात पारेको छ । एट्लेटिको मड्रिड लेभान्टेसँग २–० ले पराजित हुँदा रियल मड्रिडले भाल्लाडोलिडमाथि १–० को जित हात पारेको हो ।

लेभान्टेको जितमा जोर्ज डी फ्रुटोसले एक गोल गरे भने एक गोल एटलेटिकोका मारिओ हेर्मोसले आत्मघाती गोल गरेका थिए । यो हारपछि पनि एट्लेटिको म्याड्रिड ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ । एट्लेटिको २३ खेलमा ५५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने लेभान्टे यो जितपछि २४ खेलमा ३१ अंक हासिल गर्दै लिगमा आठौ स्थानमा उक्लिएको छ ।

यस्तै रियल म्याड्रिडको जितमा खेलको ६५ औं मिनेटमा कासामिरोले गरेको खेलको एक मात्र गोल नै निर्णायक भएको थियो । यो जितपछि रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको एटलेटिकोको अन्तर कम गरेको छ ।

गएराती भएको खेलमा एटलेटिको पराजित भएपछि एट्लेटिको २३ खेलमा ५५ अंक छ भने रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलमा ४६ अंक रहेको छ । त्यसैगरी रियल भाल्लाडोलिडको भने २४ खेलमा केवल १९ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस