रोजगार

त्रिवि सेवा आयोगले झण्डै छ सय संख्यामा खुलायो जागिर

TU sewa aayog

९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले झण्डै छ सय संख्यामा आवेदन मागेको छ । आयोगले आज आइतवार गोरखापत्रमा सूचना निकालेर प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा ५८८ जना (खुलातर्फ)का लागि आवेदन माग गरेको हो ।

आयोगले गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग भएको छ । सूचनाअनुसार प्राध्यापक १४ जना, सहप्राध्यापक २४ जना र उपप्राध्यापक पाँच सय ५० जनाका लागि आवेदन माग गरिएको हो ।

प्राध्यापक पदका लागि तीन हजार पाँच सय र सहप्राध्यापकका लागि तीन हजार दुई सय दस्तुर लाग्नेछ । आगामी चैत १४ गतेसम्म आवेदन दिन सकिने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस