मुख्य समाचार

नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

kamal thapa

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलका नेताहरुले गणतन्त्रलाई गाइजात्रा बनाएको ओरोप लगाएका छन् । आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनीप्रति प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए ।

अध्यक्ष थापाले यस्ता कार्यहरु गर्नु गाईजात्रा जस्तै भएको टिप्पणी गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस