समाचार

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

covid 19 vaccine

९ फागुन, सिरहा । सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् ।

दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कर्यालयका प्रमुख कृष्णणदेब यादवले जानकारी दिए ।

खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस