प्रदेश १

प्रदेश १ को प्रदेशसभा बैठक आज, सत्ता पक्ष नै बैठक अवरुद्ध गर्ने

Pradesh Sava Pradesh

९ फागुन, विराटनगर । पटकपटक अवरूद्ध हुँदै आएकाे प्रदेश- १ को प्रदेशसभा बैठक आज बस्ने भएकाे छ । तर मुख्यमन्त्रीमाथि अविश्वास प्रस्ताव लाग्ने डरले सरकार पक्षका सांसदले नै बैठक अवरोध गर्ने भएका छन् ।

प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको हो । नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

आजको बैठकमा राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची छ । तर, सत्तारुढ ओली समूहले आजको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेका हुन् । ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठक पनि अवरुद्ध गरिने बताए ।

यसअघि गत माघ २५ गतेको बैठकमा पनि अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेकाले बैठक स्थगति भएकाे थियाे । प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानुभन्दा सत्ता पक्षका सांसदले बैठक नै गरेर अल्झाइराख्ने रणनीति लिएका छन् । यसले गर्दा आजकाे बैठक पनि स्थगित हुने वा तनावपूर्ण हुन सक्ने देखिएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस