
९ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयरबजार झिनो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३.६६ अंकले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।
आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीका सेयरमा १० प्रतिशतले मूलय वृद्धि भएको छ । यसको सेयर प्रतिकित्ता ५ सय ३९ रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ ।
यता शिवश्री हाइड्रो पावरको पनि सेयर मूलय १० प्रतिशतले बढेर प्रतिसेयर १ सय ८९ रुपैयाँ पुगेको छ । यस्तै सबैको ध्यान खिचेको नेपाल इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यसको प्तिसेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ ।
यसको सेयर मूल्य लगातार बढिरहेको छ । आजको बजारमा बैकिङ समूह, नीर्जिवन बिमा, फाइनान्स, लघुवित्त, जीवन बिमा समूहमा गिरावट आएको छ भने बाँकी रहेका सबै समुहमा बृद्धि भएको छ । आज नेपाल बैंकको सबैभनदा बढी सेयर खरिद बिक्रि भएको छ ।