शैक्षिक गन्तव्य

बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई फागुन १० गते सभागृहमा करियर फेस्ट

career fest

९ फागुन, काठमाडौं । करियर प्वाइन्ट एजुकेसन सर्भिसेजले बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीहरुलाई केन्द्रित गर्दै ‘करियर फेस्ट २०२०/२१’ को आयोजना गरेको छ ।

फागुन १० गते राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा बाह्र कक्षा पछि के पढ्ने र कसरि अगाडि वढ्ने भन्ने विषयमा परामर्श दिइने कार्यक्रमका एक्जुकेटिभ डाइरेक्टर विशाल केसीले बताए । कार्यक्रममा बीस भन्दा बढी कलेजहरुको वारेमा ठाउवाटै जानकारि प्राप्त गर्न सकिनेछ ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा प्रमुख अतिथि रहने कार्यक्रममा रास्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, कुलमान घिसिङ, व्यांकर मनोज ज्ञावालि र सृस्ठि केसीले विद्यार्थिहरुलाई मार्गनिर्देश गर्नुका साथै अनुभव साटासाट गर्नेछन् ।

कार्यक्रममा कमेडियन एवम् मोटिभेसनल स्पिकर सन्दिप क्षेत्रि गायक अल्मोडा राना उप्रेति र कृसल कडेल लगायतको प्रस्तुतिका रहने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस