कर्णाली प्रदेश

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

arrest

९ फागुन, सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् ।

उनले वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको हो । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *