प्रदेश २

प्रदेश २ का प्रमुख झालाई १०१ किलोको मालाले स्वागत

rajesh jha

९ फागुन, काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रमुख राजेश  झा अहिराजलाई जनकपुर विमानस्थलमा १०१ किलोको मालाले स्वागत गरिएको छ । उनको स्वागतका लागि प्रदेश सरकारबाट भने आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह विमानस्थल पुगेका थिए ।

नेकपा ओली समूहका कार्यकर्ताले प्रदेश प्रमुखको स्वागतमा मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । सोही दिन तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *