बैँक / वित्त

मुक्तिनाथ विकास बैङ्कको ‘आस्क मुक्ती भाई’ भर्चुअल सहायता सेवा शुरु

ask mukti bhai

९ फागुन, काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आस्क मुक्ती भाई’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैङ्कका प्रडक्ट र सेवाका साथै बैङ्कसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धन्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस